नबिल बैंककाे आकर्षक दशैं अफर, व्यक्तिगत मुद्दती खातामा ९.२६ % ब्याजदर



ज्ञानमाण्डू। गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ ब्याजदर (०.५ प्रिमियम थप सहित) प्रदान गरिने बैंकले जनाएकाे छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने उद्येश्य रहेकाे बैंकले बताएकाे छ ।


बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x