
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ३० गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

साेमबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।