आइतबार नेप्सेमा दुई संस्थाको १ करोड ८५ लाख कित्ता बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार, अषाढ २७ गतेका दिन दुई संस्थाको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार डिप्रोस्क लघुवित्त वित्तिय संस्था लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गरि कुल १ करोड ८५ लाख ४६ हजार २४८.९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

डिप्रोस्क लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो। डिप्रोस्क लघुवित्तको कुल १५ लाख ८ हजार १५० दशमलव ३६१८ कित्ता बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।


आइतबार सूचीकृत भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३१ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । इन्स्योरेन्सको सोहि बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुल १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।


शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x