महानगर कप भलिबल : पुरुष र महिलाका सात टोली विजयी

ज्ञानमाण्डू।ललितपुरमा जारी महानगर कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष र महिलातर्फका सात टोली विजयी भएका छन् । 

जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा आज भएको पुरुष भलिबलमा बनेपा नगरपालिकाले कीर्तिपुर नगरपालिकालाई, महालक्ष्मी नगरपालिकाले पनौती नगरपालिकालाई तथा कमलामाई नगरपालिकाले गोकर्णेश्वर नगरपालिकालाई पराजित गर्‍यो । 

बनेपाले कीर्तिपुरलाई २५–१०, २५–१३ र २५–२१ अङ्कले हरायो । यस्तै महालक्ष्मीले पनौतीलाई २५–१४, २५–२३ र २५–२१ अङ्कले पराजित गर्‍यो । पुरुषतर्फकै अर्को खेलमा कमलामाईले गोकर्णेश्वरलाई २५–२१, २५–१८ र २५–१९ अङ्कले हरायो । अर्को खेलमा चौतारा नगरपालिकाले ललितपुर महानगरपालिकालाई ३–१ सेटले पराजित गर्‍यो । उक्त खेलमा चौतारा २५–२१, १९–२५, २५–१९ र २५–२१ अङ्कले विजयी भएको प्रतियोगिता प्रचारप्रसार उपसमितिकी संयोजक निलम बज्राचार्यले जानकारी दिए । 

यस्तै महिलातर्फ आज भएको खेलमा गोकर्णेश्वर, हेटौडा र ललितपुर महानगरपालिका विजयी भएका छन् । गोकर्णेश्वरले विदुर नगरपालिकालाई २५–१७, २५–२१ र २५–१७ अङ्कले हरायो । हेटौडाले टोखा नगरपालिकालाई २५–१७, २५–२१ र २५–१७ अङ्कले पराजित गर्‍यो । अर्को खेलमा आयोजक ललितपुर महानगरपालिकाले बनेपा नगरपालिकालाई ३–० सोझो सेटमा पराजित गर्‍यो । ललितपुरले उक्त खेल २५–५, २५–११ र २५–९ अङ्कले हरायो । 

ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा प्रदेश नं ३ स्तरीय अन्तर नगरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी रहेका संयोजक बज्राचार्यले बताए । पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार तथा चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । 

पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x