
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला नाै सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज ६ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९० हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार असाेज ५ गतेका दिन, छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको देख्न सकिन्छ ।