ज्ञानमाण्डू। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड २ ले बैशाख मसान्तसम्मको खुद मूल्य विवरण सार्वजनिक गरेको छ।
नबिल ब्यालेन्सड् फण्ड २ काे न्याभ बैशाख मसान्तसम्म आइपुगदा रु. ०.२८ ले घटेर १२ रुपैयाँ ०६ पैसामा कायम भएको छ। गत मासिक (चैत्र) मसान्तमा भने नबिल ब्यालेन्सड् फण्ड २ काे न्याभ १२ रुपैयाँ ३४ पैसा पुगेको थियो।
सो सामूहिक लगानी काेषकाे बैशाख मसान्तसम्म नाेक्सान भने १६.९ प्रतिशतले बढेर २२ करोड ३३ लाख रुपैयाँ पुगेको छ। चैत्र मसान्तमा नाेक्सान १९ करोड १० लाख रुपैयाँ पुगेको थियो।
बैशाख मसान्तसम्म आइपुग्दा नबिल ब्यालेन्सड् फण्ड २ काे जम्मा आम्दानी १९ करोड ८५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। चैत्र मसान्तमा जम्मा आम्दानी १६ करोड ८३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। चैत्रकाे तुलनामा नाेक्सान १७.९ प्रतिशतले बढेको देखिन्छ भने यस सामूहिक लगानी काेषले बैशाख मसान्तसम्म २ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ।
नबिल ब्यालेन्सड् फण्ड २ ले बैशाख मसान्तसम्म १ अर्ब २ करोड ४१ लाख रुपैयाँ सुचीकृत शेयरमा लगानी गरेको छ। त्यसै गरी नबिल ब्यालेन्सड् फण्ड २ ले २० करोड रुपैयाँ बैकं मुद्दती निक्षेपमा राखेको छ भने ऋणपत्रमा २० करोड ११ लाख रुपैयाँ लगानी गरेको छ।
नबिल ब्यालेन्सड् फण्ड २ काे बैकं मौज्दातमा भने ९ करोड ७८ लाख रुपैयाँ छ।