
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ४ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

बुधबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।