मध्य भोटेकोशी जलविद्युतको आइपिओ बाँडफाँड, १४ लाख बढी आवेदकको हात खाली


ज्ञानमाण्डू। कात्तिक १२ गते शुक्रबार, मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा उक्त शेयर बाँडफाँट भएको हो।

कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएका छन् भने बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएका छन्। 

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल २३ लाख ९० हजार २ सय १८ जना आवेदक मध्ये योग्य आवेदक २२ लाख ९४ हजार ४ सय ९५ जनाले आवेदन दिएकोमा १४ लाख ७५ हजार ४ सय ९५ जना आवेदकको हात खाली भएको छ।

स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।

आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने नयाँ वेभसाइटबाट हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x