उन्नती सहकार्यको खुद नाफामा उल्लेख्य वृद्धि, हेर्नुहोस प्रतिशेयर आम्दानी कति ?

ज्ञानमाण्डू। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १९२.८८ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१७ करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको उन्नती सहकार्य लघुवित्तले ९१ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, उन्नती सहकार्य लघुवित्तले २ अर्ब २० करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १२ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

उन्नती सहकार्य लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३९.३५ प्रतिशतले बढेर २४ करोड ५६ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात २.३२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ३८ पैसा छ र मूल्य आम्दानी अनुपात ४१.६२ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x