आरन संरक्षण गरिँदै

ज्ञानमाण्डू।विश्वकर्मा समुदायको पुर्खौली पेसा आरन लोप हुन नदिन संरक्षण गर्न थालिएको छ । यसको संरक्षणमा रामपुर नगरपालिका वडा नं ४ ले विश्वकर्मा समुदायको चिनारीको व्यवसाय समुदायबाटै लोप हुन थालेपछि संरक्षण गर्न सहयोग गर्न थालेको छ ।

वडा कार्यालयले आरन व्यवसायलाई प्रवर्द्धन र संरक्षण गर्दै जस्तापाता, पङ्खा जस्ता विभिन्न सहयोग गत वर्ष देखिनै गरेको वडा सदस्य पार्वती परियारले बताइन् । वडामा करिब आधा दर्जन आरन व्यवसायी छन् । आरन व्यवसायलाई जोगाउन जस्तापाता र पङ्खा पाएपछि काममा हौसला बढेको सिन्दुरटार बस्ने ६४ वर्षीय मनबहादुर विकले बताए ।

“आर्थिक अभावमा आरनको छानो छाउन सकिएको थिएन, वडाले छानो छाउन जस्तापाता र पङ्खा उपलब्ध गराएपछि काम गर्न सहज भएको छ”, विकको भनाइ छ । उनले जीवनको ५७ वर्षको समय आरन व्यवसायमा बिताए । 

अहिलेसम्म व्यवसायका लागि कोही कसैबाट सहयोग पाएका थिएनन् । सहयोगपछि व्यवस्थित तरिकाले व्यवसाय चलाउने विक बताउँछन् । यो कामले १५ जनाको परिवारपालनमा सहयोग पुगेको छ । मौलाथरका युवा सुरेन्द्र कामी विसं २०५४ देखि गाउँमा सबैले छाड्दै गएको आरन व्यवसाय जोगाउन दुःखसुखले चलाउँदै आएको बताए । “पेसा जोगाउन जेनतेनले चलाएका थिए, जनप्रतिनिधि आएपछि पुरानो व्यवसायलाई जोगाउन सहयोग गर्नुभएको छ, असाध्यै खुसी लागेको छ”, उनको भनाइ छ । यही व्यवसायबाट सात जनाको परिवारको गुजारा चलेको उनको भनाइ छ । 

गामपोखरा बस्ने कृष्णकुमारी कामी हातले कुदेर कलात्मक रूप दिई गाग्री, ताउला, अम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बन्चरो, हँसियालगायतका विभिन्न सामग्री बनाउने गर्द छिन् । यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रूपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हुँदै गएको हो । पुरानो व्यवसाय संरक्षण नहुँदा समुदायको चिनारी नै लोप हुन थालेपछि संरक्षण गर्न थालिएको वडाध्यक्ष एकबहादुर नेपाली बताउँछन् ।

“युवापुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेसा सम्हाल्ने कुनै युवा नहुँदा व्यवसाय हराउँदै गएकोले यसको संरक्षणमा वडा कार्यालय लागेको छ”, अध्यक्ष नेपालीको भनाइ छ । दश वर्ष पहिले यस क्षेत्रमा ५० बढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने थारैले मात्र यो व्यवसाय चलाएको पाइन्छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x