ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब ५ करोड, नाफामा ४०.५९ प्रतिशतकाे वृद्धि

http://

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकको नाफा ४०.५९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकले २ खर्ब २४ अर्ब २३ करोड ७५ लाख ०७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब ७३ करोड १२ लाख १ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब २६ करोड ७१ लाख ७६ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ८४ कराेड ४७ लाख २५ हजार रूपैयाँ रहेको छ ।

As on  30th Ashoj 2077 BS

विवरण
प्रथम त्रैमास २०७७/७८ 
(रू हजारमा)
चुक्ता पुँजी
रू १८,९७,५८,८०
निक्षेप संकलन
रू २,२४,२३,७५,०७
कर्जा लगानी
रू १,९५,७३,१२,०१
खुद ब्याज आम्दानी
रू २,५९,३६,०९
नाफा/(नाेक्सान)
रू १,०५,८८,४०
जगेडा कोष
रू ९,२६,७१,७६
संचित मुनाफा
रू १,८४,४७,२५
निष्कृय कर्जा
१.८३%
प्रतिशेयर आम्दानी
२२ रुपैयाँ ३२ पैसा
प्रतिशेयर नेटवर्थ
१५८ रुपैयाँ ५९ पैसा
आम्दानी अनुपात
१२.१९ गुणा

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६५.७५ प्रतिशतले बढेर २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा २२ कराेड ६१ लाख ६१ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.८३ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा छ र मूल्य आम्दानी अनुपात १२.१९ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x