ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै १ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ७ रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात मङ्गलबार साउन ३१ गतेका दिन, छापावाला सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।