ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १६ अंकले घटेर १९५१ दशमलव ८४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ८७ अंकले घटेर ३७९ दशमलव ०८ को विन्दुमा पुगेको छ ।
आज कूल २२७ कम्पनीहरूका ३२ लाख ९ हजार ९८३ कित्ता शेयर रु १ अर्ब १९ करोड ७ लाख ६५ हजार ६१२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य होटल तथा पर्यटन उपसमूह ५ दशमलव ६६ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०६ अङ्कले बढेका छन् । यता, बैंकिङ उपसमूह ६ दशमलव ८३ अङ्कले घट्दा ट्रेडिङ उपसमूह २९ दशमलव ७ अङ्कले, विकास बैंक उपसमूह ६४.८९ अङ्कले, जलविद्युत उपसमूह ४७.७८ अङ्कले, वित्त उपसमूह ३५.३१ अङ्कले, निर्जीवन बीमा १४७.९ अङ्कले, उत्पादन उपसमूह २३.३८ अङ्कले, अन्य उपसमूह १८.७८ अङ्कले, लघुवित्त उपसमूह ५२.४१ अङ्कले, जीवन बीमा उपसमूह ८५.६४ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ८ अङ्कले घटेका छन् ।