अष्ट्रेलियाद्वारा श्रीलंका पराजित

ज्ञानमाण्डू।आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ । सोमबार राति भएको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाद्वारा निर्मित २४० रनको लक्ष्य अष्ट्रेलियाले ४४ ओभर ५ बलमा पुरा गर्न सफल रह्यो मात्र ५ विकेटको क्षतिमा ।

अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले ८९ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, ग्लेन म्याक्स्वेलले ३६, शाउन मार्शले ३४ तथा मार्कुस स्टोनिसलको ३२ रनको योगदन रह्यो । बलिङ तर्फ भने श्रीलंकाका जेफ्री भान्दरसेले २ विकेट लिना सफल रहे ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ५ विकेटको क्षतिमा २३९ रन बनाएको थियो । श्रीलंकाका लागि लाहिरु थिरिमानेले ५६को अर्धशतकीय इनिङ्स खेले र धनन्जय डे सिल्भाले ४३ रन बनाए भने थिसरा परेराले २७ रन जोड्दा कुशल मेन्डिसले २४ रन जोड्न सफल रहे । त्यस्तै, अष्ट्रेलियाका लागि एडम जाम्पाले २ विकेट लिएका थिए ।

विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x