ग्लोबल आइएमई बैङ्कको नयाँ शाखा खोटाङको दिक्तेलमा

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैङ्कको खोटाङ शाखा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

उक्त शाखाको उद्घाटन संयुक्तरुपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिन कुमार राई र ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् ।

समुद्घाटन कार्यक्रममा बोल्दै मेयर रिजालले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी लगायत देशका अन्य ठाउँमा ग्लोबल आइएमई बैङ्कले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । ग्लोबल आइएमई बैङ्कले सम्पूर्ण देशवासीको मन जित्न सफल भएको बताउँदै मेयर रिजालले थप प्रतिस्पर्धी बन्दै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । 

प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँमा छरिएर रहेको पुँजीलाई सङ्कलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गरे । उनले ग्लोबल आइएमई बैङ्कको उपस्थितिले खोटाङको आर्थिक समृद्धिमा थप सहयोग पुग्ने बताए ।

खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राईले जिल्लामा छरिएर रहेको पुँजीलाई सङ्कलन गरी जिल्लामै साना तथा मझौला उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैङ्कलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमइ बैङ्कका अध्यक्ष ढकालले बैङ्कको नयाँ शाखाबाट अन्तर्राष्ट्रियस्तरको बैङ्किङ सेवा उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोही क्षेत्रमानै परिचालन र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने जानकारी दिए ।

कार्यक्रममा बैङ्कका वरिष्ठ नायव कार्यकारी अधिकृत महेश शर्मा ढकालले १३ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, २४९ शाखा रहित बैङ्किङ सेवा र विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको जानकारी गराए ।

त्यस्तै उनले बैङ्कले अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको र मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अस्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याई मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको बताए।

कार्यक्रममा खोटाङ जिल्लाका विभिन्न सहकारी कार्यालयका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय नेता तथा जिल्ला/नगर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू, स्थानीय व्यवसायी तथा स्थानीयवासीको ठुलो उपस्थिति रहेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x