आरम्भ चौतारी लघुवित्तकाे आकर्षक लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?

ज्ञानमाण्डू। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल माघ २५ गते, मङ्गलबारका दिन बसेको सञ्चालक समितिको ११४औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल २१ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ काे खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार १४८ रुपैयाँको २१ प्रतिशतले हुन आउने ६ करोड ०२ लाख २० हजार २६१ रुपैयाँ बराबरको बोनस शेयर आफ्ना शेयर धनीहरू माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x