नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । गत मङ्सिर २०८० बाट सातै प्रदेशमा सञ्चालन गरेको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यावसायिक साझेदार मित्रहरूको उत्साहपूर्वक उपस्थित रहेको थियो । उक्त साक्षरता सम्बन्धी कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्स र यसको प्रयोग विषयमा केन्द्रित रहेर रेमिटेन्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरी हस्तान्तरण गर्ने , रेमिटेन्स गरी रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले विशेष गरी के कुरामा ध्यान पुराउने तथा रेमिटेन्सको डिजिटल प्रयोग सम्बन्धी विषयमा रहेर प्रशिक्षण सम्पन्न गरेको हो ।
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरू तथा स्वदेशमै दुख गरी कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न गरेको हो ।
आइएमईद्वारा सातै प्रदेशमा रेमिटेन्स साक्षरता कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
