स्मार्टच्वाईस टेक्नोलोजिज र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच स्मार्ट पे मार्फत अन्तर बैङ्क भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता

नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच स्मार्ट पे मार्फत अन्तर बैङ्क भुक्तानी सेवा सञ्चालनको लागी सम्झौता सम्पन्न भएको छ ।

सो सम्झौता पश्चात् सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहक, एजेन्ट तथा  प्रयोगकर्ताहरूले आफ्नो बैङ्क खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने छन् ।

मिति २०८१ कार्तिक ११ गते सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यालयमा आयोजित कार्यक्रमका बिच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सिटी एक्सप्रेस मनि ट्रान्सफरका तर्फबाट निर्देशक कृष्ण राज पौडेल बिच स्मार्ट क्युआर सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

विगत दुई दशक देखि कार्ड, क्युआर, अन्तर बैङ्क भुक्तानी, मोबाइल बैंकिङ्ग लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज लि. ले स्मार्ट पे ब्राण्डमा अन्तर बैङ्क भुक्तानी सेवा यसै वर्ष सुरु गरेको हो । यस सेवा मार्फत बैङ्क वित्तीय संस्था लगायत रेमिटेन्स कम्पनी , ब्रोकर हाउस, बिमा कम्पनी तथा ठुला कर्पोरेटहरूले आफ्ना सेवाग्राहीका नेपालभरिका जुनसुकै बैङ्क खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् । सो सेवाको सुरुवात पश्चात्  सिटी एक्सप्रेस मनि ट्रान्सफर मार्फत प्राप्त हुने  रेमिटेन्स रकम बैङ्क खातामा ट्रान्सफर अझै छिटो–छरितो र भरपर्दो बन्ने दुवै पक्षले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x