नेपालको ई-कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष २०८३ को पावन अवसरमा ग्राहकहरूका लागि विशेष 'नयाँ वर्ष अफर' सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकहरूले विभिन्न विधाका सामानहरूको खरिदमा ८३ प्रतिशतसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन् । नयाँ वर्षलाई हर्षोल्लासका साथ स्वागत गर्न बिजबजारले ल्याएको यो आकर्षक अफर २०८३ सालको वैशाख महिनाभर लागू हुने कम्पनीले जनाएको छ ।
जस अन्तर्गत ग्राहकहरूले घरायसी सामान, इलेकट्रोनिक्स, फेसन, र अन्य दैनिक उपभोग्य वस्तुहरूमा छुट पाउनेछन् । नेपाली बजारमा ई-कमर्सको पहुँच विस्तार गर्दै ग्राहकहरूलाई सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको हो । नयाँ वर्षको अवसरमा सपिङ गर्ने सोचमा रहेका ग्राहकहरूका लागि यो एक सुवर्ण अवसर हुने कम्पनीले जनाएको छ ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ । यसका साथै, यो नयाँ वर्षको विशेष अफर अन्तर्गतका सामान अर्डर गर्नका लागि ग्राहकहरूले सिधै https://bizbazar.com.np/new-year-2083 मा क्लिक गर्न सक्नेछन् ।
बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३% सम्मको भारी छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
