नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" ले हालै सार्वजनिक गरेको ‘Wicket to Win’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ ।भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे" मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।
सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा ‘WATER’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा ‘INTERNET’ प्रोमो कोड राख्नु पर्ने छ।
अफर अन्तर्गत सेवाग्राहीले पानी को प्रोमो कोड अफर अन्तराल भरी जति चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउनु हुनेछ।
‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।
"आइएमई पे" मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
