आज सर्वाधिक कारोबार हुनेमा GFCL, NFS र HRL


दशैँ पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक ३१ दशमलव ४८ अङ्कले बढेर २६९९ दशमलव ६६ को विन्दुमा कायम भएको छ । आज कूल ३०७ कम्पनीहरूका ६४ लाख १७ हजार २६७ कित्ता शेयर रु. ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा गुडविल फाइनान्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १८ करोड ५ लाख १ हजार ३०४ बराबरको शेयर कारोबार भयो  त्यस्तै, नेपाल फाइनान्स लिमिटेडको रु. ११ करोड २३ लाख ५९ हजार ४४२ बराबरको शेयर कारोबार भएको छ।

यता, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको रु. १० करोड ९३ लाख ७३ हजार ३९९ कारोबार हुँदा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु. १० करोड २ लाख ६४ हजार ६९९ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु. ८ करोड ४१ लाख १३ हजार ५८३ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x