
साताको चौथो कारोबार दिन नेप्से परिसूचक ५ दशमलव ०८ अङ्कले घटेर २७३१ दशमलव ५९ को विन्दुमा कायम भएको छ। आज कूल ३३४ कम्पनीहरूका २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर रु. ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ मा खरिद बिक्री भएका छन् ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ८३ करोड ५७ लाख ५१ हजार ३२८ बराबरको शेयर कारोबार भयो । त्यस्तै, राधी विद्युत कम्पनी लिमिटेडको रु. ५४ करोड ३६ लाख ७ हजार ९४५ बराबरको शेयर कारोबार भएको छ।
यता, एसवाई प्यानल नेपाल लिमिटेडको रु. ४९ करोड ८८ लाख ४ हजार ८७३, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु. ४८ करोड ७८ लाख ५६ हजार ५०८ र रिभर फल्स पावर लिमिटेडको रु. ३० करोड ७३ लाख ३१ हजार ७६० बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
