
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०५ दशमलव ५० अङ्कले घटेर २६७६ दशमलव ६८ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १५ दशमलव ६२ अङ्कले घटेर ४५७ दशमलव ६१ को विन्दुमा पुगेको छ ।
आज कूल ३४५ कम्पनीहरूका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता शेयर रु. १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।
बैङ्किङ उपसमूह ४८ दशमलव ३६ अङ्कले घट्दा विकास बैङ्क उपसमूह २५९ दशमलव ५५ अङ्कले, वित्त उपसमूह ९६ दशमलव २१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २२६.६६ अङ्कले, जलविद्युत उपसमूह १८४.९९ अङ्कले, लगानी उपसमूह उपसमूह ३.५२ अङ्कले, जीवन बिमा उपसमूह ४६३.७१ अङ्कले, उत्पादन उपसमूह १४३.७२ अङ्कले, लघुवित्त उपसमूह १६९.८६ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २२ अङ्कले, निर्जीवन बिमा ४३२.७४ अङ्कले, अन्य उपसमूह १३२.२२ अङ्कले र ट्रेडिङ उपसमूह १४०.४९ अङ्कले घटेका छन् ।
साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा १०५.५० अङ्कको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
