माउन्टेन इनर्जी नेपालले आज नवौँ वार्षिक साधारण सभा गर्दै

माउन्टेन इनर्जी नेपाल लिमिटेडले यही पौष ०८ गते (आज) ९ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा Amrapali Banquet Catering and Events, भाटभटेनी, काठमाडौँमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को  वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे  प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसै गरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरणको प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।


कम्पनीले साधारण सभाको प्रयोजनको लागि मङ्सिर २७ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा मङ्सिर २६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x