आज देखि कालिन्चोक दर्शन लिमिटेडको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?



कालिन्चोक दर्शन लिमिटेडले माघ ०३ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ ।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ४ हजार ९९० कित्ता सम्म तोकेको छ।

सो कम्पनीले प्रतिशेयर रु. १०० अङ्कित दरको १ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरूको लागि निष्कासन गरी बाँकी रहेको १८ प्रतिशत अर्थात् १० लाख ८० हजार कित्ता शेयर मध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँड गरिएको र २ प्रतिशत अर्थात् २१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूलाई छुटाई बाँकी ८ लाख ९६ हजार ४०० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गर्न लागेको कम्पनीले जनाएको छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) माघ ०६ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा माघ १७ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन पेस गर्न सक्नेछन्।


यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
100.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x