लक्ष्मी सन्‌राइज बैङ्कद्वारा पोखरामा शाखा स्थानान्तरण र सेवा विस्तार

लक्ष्मी सन्‌राइज बैङ्कले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

बैङ्कको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएको साबिकको शाखाका ग्राहकहरूले सोही महानगरपालिकाको वडा न. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्ने बैङ्कले जनाएको छ ।

सेवा विस्तारकै क्रममा बैङ्कले आफ्नो २७औँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपालिका वडा न. १६ को बाटुले चौरमा स्थापना भएको बैङ्कले बताएको छ ।

साथै ग्राहकहरूको सहजता लागि रौतहट जिल्लाको गौर नगरपालिका वडा न. ३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।

स्थानान्तरण भए सँगै बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास बैङ्कले लिएको जनाएको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैङ्किङ सेवाहरू प्रदान गर्ने बैङ्कले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x