नेपालमा सार्वजनिक भयो प्रोटोनको नयाँ ईभी ‘इमास ५’, सुरुआती मूल्य २९ लाख ९९ हजार

नेपाली बजारमा मलेसियन अटोमोबाइल ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय ह्याचब्याक ‘इमास ५’ आधिकारिक रूपमा सार्वजनिक भएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारदेखि गाडीको बिक्री सुरु गरेको हो।

कम्पनीले इमास ५ लाई प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा ल्याएको छ। प्राइम भेरियन्टको नियमित मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर पहिलो १०० ग्राहकले यसलाई २९ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्। त्यस्तै, प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ रहेको छ भने सुरुआती १०० ग्राहकका लागि ३४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ।

प्रोटोनले चिनियाँ अटो निर्माता जिलीको ‘जिङयुआन’ प्लेटफर्ममा आधारित यो मोडललाई आफ्नै ब्रान्डिङसहित इमास ५ नाममा बजारमा ल्याएको हो।प्राइम भेरियन्टमा ५८ किलोवाट क्षमताको विद्युतीय मोटर र ३०.१२ किलोवाट–आवर ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार यसले १३० न्युटन मिटर टर्क उत्पादन गर्ने र एक पटकको पूर्ण चार्जमा २२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।

यस्तै, प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको मोटर र ४०.१६ किलोवाट–आवर ब्याट्री प्याक दिइएको छ। यसले १५० न्युटन मिटर टर्क उत्पादन गर्नुका साथै एक पटकको चार्जमा ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

रियर–ह्वील ड्राइभ प्रणालीमा आधारित इमास ५ को लम्बाइ ४,१३५ एमएम, चौडाइ १,८०५ एमएम, उचाइ १,५७० एमएम र ह्वीलबेस २,६५० एमएम रहेको छ। कम्पनीका अनुसार यसको सानो टर्निङ रेडियसले सहरी सडकमा चलाउन सहज बनाउँछ।

फिचरका रूपमा गाडीमा ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १०.१ वा १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ५० वाट वायरलेस चार्जिङ, २५६ रङको एम्बियन्ट लाइट, हाईकार कनेक्सन र किलेस इन्ट्री जस्ता सुविधा उपलब्ध छन्।

सुरक्षाका लागि ६ वटा एयरब्याग, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), ३६० डिग्री क्यामेरा र इन्डिपेन्डेन्ट मल्टिलिङ्क सस्पेन्सन समावेश गरिएको कम्पनीले जनाएको छ। डीसी फास्ट चार्जरमार्फत ब्याट्रीलाई २० मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी पनि गरिएको छ।

जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले मूल्य सार्वजनिक हुनुअघि नै ७९ वटा गाडी बुकिङ भइसकेको जानकारी दिए। उनका अनुसार यसले नेपाली ग्राहकबिच नयाँ मोडलप्रति उत्साहजनक आकर्षण देखिएको सङ्केत गरेको छ।

कम्पनीका अनुसार इमास ५ विश्व बजारमा पनि लोकप्रिय मोडल बनेको छ। पछिल्लो १६–१७ महिनामा करिब ८ लाख युनिट बिक्री भएको दाबी गर्दै जगदम्बा मोटर्सले नेपालभरको आफ्नो डिलर नेटवर्कमार्फत बिक्रीसँगै बिक्रीपछिको सेवा पनि उपलब्ध गराउने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x