प्राइम कमर्सियल बैङ्कको नाफा ९.३५ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा बैङ्कले २ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा बैङ्कले २ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम कमर्सियल बैङ्कले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब ८९ करोड रुपैयाँ र सञ्चित मुनाफा ३० करोड १५ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १८.०७ प्रतिशतले बढेर ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ३० करोड १५ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४१ पैसा र पछिल्लो कारोबार मूल्य रु १९८.१० को आधारमा मूल्य आम्दानी अनुपात ११.८६ गुणा रहेको छ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ३.०६ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई ९९ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने १ अर्ब ७१ करोड रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
प्राइम कमर्सियल बैङ्कको नाफा २ अर्ब ४६ करोड, प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
