सिटिजन्स बैङ्कका ग्राहकहरूलाई वात्सल्य नेचुरल आइभिएफमा विशेष छुट

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र नारायण चौर, काठमाडौँ स्थित वात्सल्य नेचुरल आइभिएफ बिच सिटिजन्स बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैङ्कका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले वात्सल्य नेचुरल आइभिएफमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको छ ।

बैङ्कले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x