ग्लोबल आइएमई बैङ्कको नाफामा २३.३६ प्रतिशतको वृद्धि



ग्लोबल आइएमई बैङ्कको नाफा २३.३६ प्रतिशतले बढेको छ । आ.व. २०८०/८१ को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८१/८२ को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ ।

३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले ५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २४ अर्ब ८९ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले घटेर ४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा र पछिल्लो कारोबार मूल्य रु २६०.५० को आधारमा मूल्य आम्दानी अनुपात १५.५६ गुणा रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ४.६७ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज घटेर भई १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने ६ करोड ६३ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x