नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै


नेपाल राष्ट्र बैङ्कले आइतबार बैङ्किङ प्रणालीमा रहेको अतिरिक्त तरलता घटाउने उद्देश्यले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन प्रक्रिया सञ्चालन गर्ने भएको छ। तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन केन्द्रीय बैङ्कले पुनः निक्षेप सङ्कलन उपकरण सक्रिय गर्दै बैङ्क तथा वित्तीय संस्थाबाट रकम तान्न तयारी गरेको हो।

निक्षेपका लागि बोलकबोल आइतबार दिउँसो ३ बजे अनलाइनमार्फत मात्र हुने राष्ट्र बैङ्कले जनाएको छ। इच्छुक बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि वृद्धि गई ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी समग्र आह्वान रकमभित्र प्रतिस्पर्धात्मक बोलकबोल पेस गर्न सक्नेछन्।

यो बोलकबोल बहु ब्याजदरमा हुने भएकाले संस्थाहरूले आवश्यक परे बहु बोलकबोल समेत पेस गर्न पाउने व्यवस्था छ। निक्षेप सङ्कलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन योग्य ठहरिएका छन्।

राष्ट्र बैङ्कका अनुसार ८६ दिन अवधिको यो निक्षेप फागुन ५ गते साँवा तथा ब्याजसहित भुक्तानी गरिनेछ। यस प्रक्रियाले बैङ्किङ प्रणालीमा रहेका अतिरिक्त तरलतामा नियन्त्रण ल्याउने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x