यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा


यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रा.लि.को स्वामित्वमा रहेको २६ हजार ९४७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

कम्पनीले यसअघि उक्त शेयर विद्यमान संस्थापक शेयरधनीलाई मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको थियो। तर, तोकिएको अवधिभित्र कुनै पनि आवेदन प्राप्त नभएपछि अब सर्वसाधारण व्यक्ति तथा संस्थाले समेत उक्त शेयर खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनसँगै प्रचलित कानुन तथा नेपाल बीमा प्राधिकरणको निर्देशिकाअनुसार संस्थापक समूहको शेयर खरिद गर्न अयोग्य नभएको स्वःघोषणापत्र तथा अन्य आवश्यक कागजात संलग्न गर्नुपर्नेछ। साथै, आफूले खरिद गर्न चाहेको शेयर सङ्ख्या समेत स्पष्ट रूपमा उल्लेख गरी निवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x