मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार ५८३ कित्ता संस्थापक शेयर लिलामीमा


मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको ८ लाख ३९ हजार ५८३ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ। साउन ८ गतेदेखि खुला गरिएको उक्त लिलामीमा योग्य व्यक्ति तथा सङ्गठित संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

कम्पनीले शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १२० रुपैयाँ निर्धारण गरेको छ। इच्छुक लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी दर उल्लेख गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडको काठमाडौँको लाजिम्पाट स्थित कार्यालयमा बुझाउन सकिनेछ। कम्पनीका अनुसार बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १८ गते तोकिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x