मकालु वाइन इण्डष्ट्रिजले १० लाख कित्ता आइपिओ ल्याउने, साउन २३ मा विशेष साधारण सभा

Gyanmandu | Achieving Excellence Together
मकालु वाइन इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने प्रस्ताव पारित गर्न साउन २३ गते विशेष साधारण सभा आह्वान गरेको छ।

कम्पनीले इटहरीस्थित सोल्टी वेस्टेण्डमा शनिवार बिहान ११ बजे विशेष साधारण सभा आयोजना गर्ने जनाएको छ। सभामा कम्पनीको जारी पुँजीको २० प्रतिशत बराबर अर्थात् १० लाख कित्ता आइपिओ निष्कासन गर्ने विशेष प्रस्तावमाथि छलफल तथा निर्णय गरिनेछ।

यसका साथै जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x