रसुवाको राजस्व २० अर्ब ३६ करोड


रसुवा जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल–चीनबिचको व्यापार–व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी रु २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको बताउनुभएको छ । सो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले वृद्धि भएको हो । सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x