
फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
संस्थाको मङ्गलवार बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार शेयरधनीले करसहित कुल १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश प्राप्त गर्नेछन्। संस्थाले यस वर्ष बोनस शेयर वितरण नगर्ने निर्णयसमेत गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराई शेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ।
फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो ११.०५२६ प्रतिशत नगद लाभांश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
