नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र बिच सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औँ संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आइटी हबको लक्ष्य हासिल गर्न सकिने बताउनु भयो ।
आइटी क्षेत्र विश्वव्यापी बजार भएको, खर्बौँ रुपैयाँ बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौँ मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकार सँग आग्रह गर्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घले अन्य विभिन्न कानुनका साथै आइटी तथा स्टार्टअप र इनोभेसनका क्षेत्रमा पनि समयानुकूल नीतिगत सुधारका लागि सरकार सँग बहस र पैरवी गर्दै आइरहेको जानकारी दिँदै अध्यक्ष ढकालले महासङ्घको पहल पछि नेपाल सरकारले नेपाली सूचना प्रविधि (आइटी) क्षेत्रको विकासमा लागि पछिल्ला कानुनहरूमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिने बताउनु भयो ।
“नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्थाले नेपाली आइटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ । ” उहाँले भन्नु भयो ।
क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने समेत बताउनु भयो ।
सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माण गर्ने, जनशक्ति विकास गर्ने, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद भएको बताउनु भयो । पाथीभरा केबलकार प्रकरणमा भइरहेका विरोधका विषयमा बोल्दै उहाँले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा आग्रह गर्नु भयो ।
माघ २४ देखि २८ गतेसम्म चल्ले क्यान इन्फोटेकको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैले धेरै काम गर्न बाकी रहेको बताउनु भयो ।
उहाँले यस क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आउने दिनमा निजी क्षेत्रसङ सहकार्य गरेर काम गर्ने बताउनु भयो ।
आइटीलाई उद्योगको रूपमा विकास गर्दै अगाडी लैजान नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले सरकारले नीतिगत सुधारको लागि काम गरिरहेको बताउनु भयो ।