स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताउनु भयो।

उहाँले भन्नुभयो, "जिल्ला जिल्लाका व्यवसायी साथीहरू  लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकीकृत गर्ने हो भने पुजीको कुनै समस्या हुँदैन।"

अध्यक्ष ढकालले भन्नुभयो, "यति बेला बैकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ ।यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ।"

उहाँले यो डेढ वर्षको अवधिमा लगानी प्रवर्द्धनका लागि देश भित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफूहरूकै पहलममा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानुन संशोधन गरेको जानकारी गराउनुभयो। 

निजी क्षेत्रले उठाउँदै आएको  मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आफूहरू निरन्तर लागिरहेको जानकारी गराउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x