काँकडभिट्टा नाकाबाट २४ अर्ब ५० करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त अवधिमा पेट्रोल, डिजेल र एलपी ग्यास (एलपिजी) आयात गरिएको हो।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा १२ अर्ब १८ करोड ७ लाख ६४ हजार रुपैयाँ बराबरको पेट्रोल, ९ अर्ब ५५ करोड ४९ लाख ७ हजार रुपैयाँ बराबरको डिजेल तथा २ अर्ब ७७ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ८ अर्ब ९२ करोड ८५ लाख २६ हजार रुपैयाँ बराबरको पेट्रोल र ७ अर्ब ३ करोड ३२ लाख १९ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको थियो। यस आधारमा पछिल्लो आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात उल्लेखनीय रूपमा बढेको देखिएको छ।

भन्सार कार्यालय प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थको आयातबाट सरकारले उल्लेख्य राजस्व पनि सङ्कलन गरेको छ। गत आर्थिक वर्षमा पेट्रोलबाट ५ अर्ब ८५ करोड ३७ लाख ५० हजार रुपैयाँ तथा डिजेलबाट २ अर्ब ९३ करोड २२ लाख ३९ हजार रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x