
चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले तोकेको राजस्व लक्ष्यको तुलनामा कात्तिकसम्मको सङ्कलन उल्लेखनीय रूपमा कम देखिएको छ। राजस्व व्यवस्थापन महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, यो वर्ष १४ खर्ब ८० अर्ब राजस्व सङ्कलनको लक्ष्य रहेकामा कात्तिकसम्म ४ खर्ब २५ अर्ब २३ करोड पुर्याउनुपर्ने थियो। तर हालसम्म जम्मा ३ खर्ब २९ अर्ब ५१ करोड मात्र सङ्कलन भएको छ, जसले कुल प्राप्ति दर ७७.४९ प्रतिशतमा सीमित भएको सङ्केत गर्छ।
कात्तिक महिनाको लक्ष्य १ खर्ब ३ अर्ब ७० करोड थियो, तर वास्तविक सङ्कलन ७८ अर्ब ३३ करोडमै रोकिएको महाशाखाले जनाएको छ। महिनावारी आधारमा प्राप्ति दर ७५.४९ प्रतिशत बनेको छ। कार्तिक ३० गते मात्र ३ अर्ब ६८ करोड कर सङ्कलन भएको रिपोर्टमा उल्लेख छ, जुन गत वर्षको स्तरभन्दा पनि कमजोर हो।
गत आर्थिक वर्ष २०८१/८२ मा कात्तिकसम्म ३ खर्ब २९ अर्ब २ करोड राजस्व सङ्कलन भएको थियो। त्यस्तै, अघिल्लो वर्ष कात्तिक महिनामा मात्रै ७६ अर्ब कर उठेको थियो।
यस वर्ष सङ्कलन कमजोर हुनुमा हालका आन्दोलनले बजार गतिविधि प्रभावित पार्नु, आपूर्ति शृङ्खला अवरुद्ध हुनु तथा समग्र व्यापारिक चहलपहल घट्नुजस्ता कारणले प्रत्यक्ष असर पारेको महाशाखाको टिप्पणी छ।
कात्तिकसम्म राजस्व सङ्कलन लक्ष्यको ७७ प्रतिशत मात्र पूरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
