विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशत र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढ्यो



वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८०/८१ को चैत्रमा १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा भने विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्ष २०८०/८१ को चैत्रमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ३,२९,४२२ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २,१२,७२१ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३,८७,८३९ र २,१७,९५९ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव ८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x