
चालु आर्थिक वर्षको ७ महिनासम्मको अवधिमा नेपालले १ खर्ब ६८ अर्ब १४ करोड बढीको वस्तुको निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक वर्षको सातौँ महिना माघ मसान्तसम्ममा मात्रै १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँ अधिकको वस्तु निर्यात गरेको देखिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार ३२ दशमलव १९ प्रतिशतले बढेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मको अवधिमा नेपालबाट कुल १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ अधिकको वस्तु निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको ७ महिनासम्मको अवधिमा नेपालले ११ खर्ब २३ अर्ब ४८ करोड बढीको वस्तुको आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक वर्षको सातौँ माघ मसान्तसम्ममा मात्रै ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ अधिकको वस्तु आयात गरेको देखिएको छ ।
यता आयात र निर्यात दुवै बढ्दा व्यापार घाटा पनि १० दशमलव ९१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालले ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ अधिकको व्यापार घाटा व्यहोरेको तथ्याङ्कले देखाएको छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ अधिक रहेको थियो ।
यसरी निर्यात व्यापार बढी रहँदा हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा १४.१९ प्रतिशतले बढेर १३.०२ प्रतिशतमा कायम भएको छ । यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ११.४० प्रतिशतमा सीमित रहेको थियो । यता, बढ्दै गरेको आयात व्यापारले समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको ८६.९८ प्रतिशत हिस्सा ओगटेको देखिन्छ। यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ८८.६० प्रतिशतमा कायम रहेको थियो । गत आर्थिक वर्षको तुलनामा आयात व्यापारको हिस्सामा १ दशमलव ८३ प्रतिशतको गिरावट भएको हो।
माघ मसान्तसम्ममा व्यापार घाटा ९ खर्ब माथि, निर्यातमा ३२.१९ प्रतिशतको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
