
सिटिजन्स बैङ्क इन्टरनेसनलले ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राख्ने भएको छ।
बैङ्कका संस्थापक शेयर धनी चन्द्र इन्भेष्टमेन्टले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि बैङ्कसमक्ष निवेदन दिएपछि बैङ्कले बिक्री प्रक्रिया अघि बढाएको हो।
नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार सुरुमा उक्त शेयर बैङ्ककै विद्यमान संस्थापक शेयर धनीहरूले मात्र खरिद गर्न सक्नेछन्। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित नारायणहिटीस्थित बैङ्कको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयर धनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा वा सबै शेयर बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणका लागि बिक्रीमा राखिने बैङ्कले जनाएको छ।
सिटिजन्स बैङ्कको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
