सानिमा मिडिल तमोर हाइड्रोपावरले घोषणा गर्‍यो ५.२६३ प्रतिशत नगद लाभांश


सानिमा मिडिल तमोर हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयर धनीहरूलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज ३० गते ११औँ वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार असोज १६ गतेसम्म कायम शेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागी हुन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x