श्री डिस्टिलरीले बोलायो साधारण सभा, आइपिओ निष्कासन प्रस्ताव पारित गर्ने

सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारीमा रहेको श्री डिस्टिलरी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २६ गते काठमाडौँमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभामा कम्पनीको आइपिओ निष्कासनसम्बन्धी प्रस्ताव पेस गरी अनुमोदन गरिनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन तथा सोही अवधिको वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको कम्पनीले जनाएको छ।

कम्पनीले आइपिओ निष्कासन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ। साधारण सभाबाट आवश्यक प्रस्ताव पारित भएपछि कम्पनीले सम्बन्धित नियामयकी प्रक्रिया पूरा गर्दै आइपिओ निष्कासनको तयारी अघि बढाउनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x