शिखर इन्स्योरेन्सकाे शेयर आज देखि लिलामीमा


ज्ञानमाण्डू। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आवेदन नपरेका केही हकप्रद शेयरहरु बैशाख १९ गते साेमबार (आज ) देखि लिलामीमा आउँदै छन् । कम्पनीले हकप्रद १० बराबर ३ को अनुपातमा हकप्रद शेयर २०७८ चैत्र १ गते देखि चैत्र २१ गतेसम्म बिक्री खुल्ला गरेकाेमा सर्वसाधारण समूहतर्फ ७७,७२०.८८ कित्ता शेयरको लागि आवेदन नपरेकाले उक्त शेयर लिलामी प्रक्रीयाबाट विक्री गर्न लागेको हो।

शेयरको न्युनतम मूल्य प्रति शेयर रु.१००/- तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा साे भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा वीमा समितिले ताेकेकाे सिमाकाे अधिनमा रहि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागी कुनै हद नलाग्ने कम्पनीले जनाएकाे छ ।

याे शेयरकाे शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति बैशाख २६ गते सम्म रहेकाे कम्पनीले जनाएकाे छ भने शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x