मेगा बैङ्कको लाभांश प्रस्ताव



ज्ञानमाण्डू।मेगा बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक २३ गते, मांगलबारका दिन बसेको सञ्चालक समितिको ३४२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित मुनाफा र शेयर प्रिमियम कोषबाट हाल कायम शेयरधनीहरुलाई १२.०७ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित संचित मुनाफा र शेयर प्रिमियम कोषबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ रुपैयाँ ६० पैसाको १२.०७ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने मेगा बैंक लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको भन्दा घटेको हो । आर्थिक वर्ष २०७६/७७ मा मेगा बैंक लिमिटेडले १० प्रतिशतले हुन आउने रकम बोनस शेयर र ३.०५ प्रतिशतले हुन आउने रकम नगद लाभांश गरी जामा १३.०५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x