आज देखि हाथवे इन्भेष्टमेण्ट नेपालको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?



हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले श्रावण ०४ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले (वैदेशिक रोजगारीमा रहेका नेपालीहरू) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता २० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ लाख कित्ता तोकेको छ।

कम्पनीको जारी पुँजीको १२.५० प्रतिशतले हुन आउने रकम बराबरको रु. ५० अङ्कित दरमा २९ लाख २५ हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् २ लाख ९२ हजार ५०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि आइपिओ विक्री गर्न लागेको हो। त्यस्तै २९ लाख २५ हजार कित्ता शेयरको २ प्रतिशत अर्थात् ५८ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने २४ लाख २७ हजार ७५० लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुकाे लागि आइपिओ निष्कासन गर्ने सो कम्पनीले जनाएको छ ।

सो कम्पनीको साधारण शेयर (वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि) निष्कासन बन्द हुने मिति श्रावण १८ गते रहेको कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x