
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ३६ अङ्कले बढेर २८३८ दशमलव ४० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ५३ अङ्कले घटेर ४७६ दशमलव ९२ को विन्दुमा पुगेको छ ।
आज कूल ३३५ कम्पनीहरूका १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता शेयर रु. ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ०९८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ४ दशमलव ०२ अङ्कले, विकास बैङ्क उपसमूह २२ दशमलव ८८ अङ्कले, वित्त उपसमूह ७ दशमलव ९४ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ०९ अङ्कले, जीवन बिमा उपसमूह १०.०३ अङ्कले, लघुवित्त उपसमूह १६.५८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०२ अङ्कले र निर्जीवन बिमा ५७.८८ अङ्कले घटेका छन् । यता, होटेल तथा पर्यटन उपसमूह ११३.३१ अङ्कले बढ्दा जलविद्युत उपसमूह २७.३७ अङ्कले, उत्पादन उपसमूह १६२.१६ अङ्कले, अन्य उपसमूह ११.७४ अङ्कले र ट्रेडिङ उपसमूह १.३७ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा ५.३६ अङ्कको वृद्धि, नेप्से २८३८.४० को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
