अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आज छैठाैँ वार्षिक साधारण सभा गर्दै


अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असाेज ३१ गते (आज) छैठाैँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय चन्डोल-४ काठमाडौंमा बिहान ११ बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को सञ्चालक समितिकाे वार्षिक प्रतिवेदन अनुमाेदन गरी पारित गर्ने छ भने आ.व.२०७९/०८० काे लेखापरिक्षणकाे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले कम्पनीकाे स्वामित्वमा रहेकाे दाेभान खाेला अयाेजनालाई यस कम्पनी समेतबाट संस्थापना भएकाे दाेभान खाेला जलविद्युत कम्पनी प्रा. लि. मा अनुमतीपत्र नामसारी गर्ने प्रस्ताव गर्ने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x